• २२ फागुन २०८२, शुक्रबार

सुनसरी–१ मा ११ बजेबाट मतगणना सुरु गरिने

blog

निशा राई 
धरान, फागुन २२ गते ।
सुनसरी–१ मा ११ बजेबाट मतगणना सुरु गरिने भएको छ । बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणनाको लागि शुक्रबार बिहान ९ बजे बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले ११ बजे सुरु गरिने सहमति भएको  जिल्ला निर्वाचन अधिकारी दिव्यराज अधिकारीले जानकारि दिनुभयो । बैठकमा सबै पार्टीबाट २/२ जना प्रतिनिधिहरु बस्न पाउने उहाँले बताउनुभयो ।

सुनसरी १ को मतदानस्थलहरुबाट राति अबेर मात्र मतपेटिका सङ्कलन भएर सुरक्षित राखिएको कारण मतगणना समयमै सुरु हुन नसकेको उहाँले बताउनुभयो  ।

सुनसरि–१ भरिको मतदान केन्द्रमा बिहान ७ देखि ५ बजेसम्म उत्साहजनक र शान्तिपूर्ण तवरले जम्मा ८७ हजार ८ सय ६५ मत खसेको थियो । जसमा ४७ हजार ७ सय १८ जना महिला रहेको र ४० हजार १ सय ४७ जना पुरुष रहेको छ ।

सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ जना मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि यहाँ ४१ वटा मतदानस्थल र १६१ वटा मतदान केन्द्र तोकिएका छन् ।

सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा पर्दछ ।