शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बाबुराम शर्मा
दोलखा, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत निर्वाचन एक क्षेत्र रहेकामे दोलखामा मतगणनाका लागि ११ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
तामाकोसी गाउँपालिकाको गोल्मेश्वर माध्यमिक विद्यालय केन्द्रको पुनःमतदान गराइपाउँ भन्ने निवेदन परेकाले मत गणना सुरु हुन सकेको छैन । निवेदनको टुङ्गो लागेपछि मतगणना सुरु गरिने सहायक मुख्य निर्वाचन अधिकृत अन्चन भट्टराईले जानकारी दिनुभयो ।
मतगणनाका लागि सिसिटिभीसहितको सुरक्षित स्थल तयार भइसकेको छ । सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी भइरहेको छ ।