ललित स्मृति एन्फा यु–१८ फुटबल लिगको शीर्षस्थानमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबलाई एनआरटी क्लबको नमिठो झट्का लागेको छ ।
गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ ।
थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।
वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४ मा) सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा (एमाले) ले खुसी प्रकट गरेको छ ।
बागेश्वरी मिनी म्याराथनको उपाधि महेन्द्र मावि नरैनापुरका अरविन्द यादवले जित्नु भएको छ ।
बाजुरामा मङ्सिर १६ गते हुने स्थानीय तहको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका छन् । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा बाजुराका पाँच दलले मनोनयन दर्ता गरेका हुन् ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ नयाँपुल गोरेचौतारामा आज दिउँसो दुई वटा बस ठोक्किँदा २९ जना यात्रु घाइते भएका छन्।
गोरखाको गोरखा नगरपालिका–५ मा रहेको रिक्त रहेको वडा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
पाल्पाको तानसेन नगरपालिका वडा नं १३ की हिमानी दर्जीले १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गर्नुभयो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
झापाको बिर्तामोडमा बिक्रीका लागि आएको ब्रोकाउलीमा विषादी अत्यधिक पाइएको छ ।
सन् २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट टीका चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुक्मती चौधरीको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
घरायसी प्रयोगमा उत्पादन गर्दै आएका किसानहरूले व्यावसायिक रूपमै उत्पादन सुरु गरेका छन् ।