पूर्व सभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि सोमबार हुने भएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उहाँका छोरा अमेरिकाबाट सोमबार आइपुग्ने भएकाले उहाँको अन्त्येष्टि सोमबार तीन बजेपछि हुनेछ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सले आफ्नो गुडविल एम्बेसडरमा कलाकार दयाहाङ राईलाई नियुक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। आज सामाजिक सञ्जालमार्फत उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल रहनुभएका परिवारमा समवेदना प्रकट गर्नुभएको छ। “पूर्वसभामुख दमननाथ दुङ्गानाको निधनले मर्माहत भएको छु, राजनीतिकर्मी,
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे गृह जिल्ला झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार यहाँ पुग्नुभएको छ ।
इलामको सूर्योदय नगरपालिका-९ को पान्दाममा पाल्यल ज्याङछुप धार्गेलिङ गुम्बा उद्घाटन गरिएको छ । २०४१ सालमा निर्माण कार्य प्रारम्भ भएको गुम्बा तीन करोड बढी लगानमा सम्पन्न गरी उद्घाटन गरिएको हो ।
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३ः४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ।
मङ्सिर १६ गते हुने आसन्न उपनिर्वाचनका लागी महावु गाउँपालिकाको अध्यक्षमा सात(७) दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड भएको छ।कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृतलाई भेट्न जानुभएका वडा नम्बर ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले धेरै समय कुर्नु परेको भन्दै कार्यकक्षमा तोडफोड गर्नुभएको हो।
स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज सप्तरीमा उम्मेदवारी दर्ता गरिएको छ । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ वडामा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।
नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ ।
बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आइतबार परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताउनुभएको छ।
नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ। टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आइतबारदेखि प्रयोगमा ल्याएको हो। रोबर्टको नाम मैना राखिएको छ।