प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जिम्मेवारी पूरा गर्दा नडराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूलाई अनुरोध गरेको छ ।
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बैतडीको पत्ताल भूमेश्वरमुनि डोजर चलाउँदा पहाड खसेको छ । पहाडबाट खसेको सुक्खा पहिरोले बैतडी–दार्चुला जोड्ने दशरथचन्द लोकमार्ग अवरुद्ध भएको छ ।
निर्वाचन आयोगले धनुषामा सबैभन्दा बढी र रुकुम पूर्वमा सबैभन्दा कम उम्मेदवारी दर्ता भएको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ। कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामालाई आइतबार सम्मान गरेको छ ।
कोशी राजमार्ग अन्तर्गत पर्ने इटहरी उपमहानगरपालिका वडा नम्बर १३ स्थित खनारमा यात्रुवाहक बसको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन्।
नेपालका सन्देश मानन्धरले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभीवेट ९० केजीमाथि आइतबार स्वर्ण पदक जित्नुभएको छ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारसँगै शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनुभएको छ।
स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेद्वार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आज चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग आइतबार छलफल गर्नुभएको छ ।