ओखलढुंगा, मङ्सिर २ गते । स्थानीय तह उपनिर्वाचन-२०८१ मा ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ । उहाँले आइतबार उम्मेदवारी दिनुभएको थियो । उहाँलाई नेपाली कांग्रेस पार्टीले बधाई समेत दिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्नुभएका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।