नुवाकोट, मङ्सिर २ गते । धादिङबाट धुन्से–भकारी बिक्रीका लागि शनिबार नुवाकोटको त्रिशूलीमा आएका महिला उद्यमीहरु । बाँसको चोया र निगालोबाट बनेका हस्तकलाका सामग्री गुणस्तरीय हुने हुँदा गाउँघरमा यसको माग धेरै छ ।तस्बिरः रासस
हिउँद लागेसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटकको आगमन सुरु भएको छ । अन्य वर्षभन्दा यस वर्ष हिउँदको सुरुवाती समयमै आन्तरिक पर्यटकको आगमन सुरु भएको हो ।
वन्यजन्तुमैत्री वातावरण बनाउन, यहाँका पशुपालकलाई गोठ व्यवस्थापनमा सघाउन र कुकुर नियन्त्रण गर्ने उद्देश्यले रेडपाण्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले सोलार प्यानल उपलब्ध गराएका हुन् ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिका क्षेत्रमा सरकारले जोड दिएको बताउनुभएको छ ।
पूर्वको मेचीनगरबाट सुरु भएको नेपाली कांग्रेसको युवा सङ्कल्प यात्राको टोलीले शुक्रबार बुटवल मैनाबगरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेटघाट गरेको छ ।
जिलेस्पीजङ्ग कार्की र रोहित चन्दको गोलको सहयोगमा नेपालले शनिबार तीनदेशीय अन्तर्राष्ट्रिय मैत्री फुटबल शृङ्खलामा अफगानिस्तानलाई २–० ले हराएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुल शिलान्यास गरिएको छ ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी जुटाउने समयावधि सकिन अब दुई महिनामात्रै बाँकी छ ।
सुदूरपश्चिम प्रदेशमा गएको चार महिनाको अवधिमा १३३ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ
अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी हुनुभएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो ।
वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गर्नुभएको छ । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ ।
सरकारले गत असोज १० देखि १२ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित रामेछापका सबै पालिकालाई क्षति पु¥याएका स्थानका वस्तु, सेवा तथा संरचनाको मर्मतसम्भार तथा व्यवस्थापनका लागि रकम पठाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बाढीपहिरोबाट क्षति भएका जिल्लामा तिनै तहको सरकारको सहकार्यमा पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाइने बताउनुभएको छ ।