नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले लुम्बिनीको मायादेवी मन्दिरमा खेलाडीले लगाउने जर्सी सार्वजनिक गरेको छ ।
भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सरकारले उत्कृष्ट करदाताको रूपमा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालिलाई सम्मान गरेको छ ।
इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको एएफपिटिभीले जनाएको छ ।
पशुवलीका लागि विश्वप्रख्यात बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ ।
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
नेपालका आदिवासी थारुको परम्परागत लोकसंस्कृति प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिका–८ मा जिल्लाकै ठुलो मानिने कात्तिकेश्वर कुँवर मेला सुरु भएको छ ।
गोरखामा ट्राफिक प्रहरीले गत साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा ३४ लाख ९८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी १० वर्षमा नेपाली टिमलाई वर्ल्ड कपमा पुगाउने उद्देश्यसहित लिखित योजना लिएर आए प्रदेश सरकारले लिखित सम्झौता गरेर सहयोग गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट सङ्कलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताउनु भएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ ।
नवलपुरको कावासोती नगरपालिका-२ स्थित हाटबजारअन्तर्गत सडक अधिकार क्षेत्रभित्र रहेका संरचना हटाउन थालिएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको भन्दै त्यसका लागि आवश्यक समन्वय गर्न आग्रह गर्नुभएको छ ।
रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ ।
गुल्मीमा ४० वर्ष उमेर कटेका सुगर, उच्च रक्तचाप र मिर्गौलाका बिरामीहरूको स्क्रीनिङ गर्न लागिएको छ ।