रेखीराम राना
तानसेन, मङ्सिर १ गते । सरकारले उत्कृष्ट करदाताको रूपमा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रालिलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पालाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो ।
नेपालको शिक्षा र स्वास्थ्य संस्थाहरूको तर्फबाट कलेजले सम्मान पाएको कलेजका निर्देशक निर्दोष खनालले जानकारी दिनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रका संस्थाहरूमध्येबाट कलेजले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई सबैभन्दा बढी आयकर दाखिला गरेको थियो ।
सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई सम्मानसहित प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।