• ६ पुस २०८२, आइतबार

राजपुर नगरपालिकामा आज शोक बिदा

blog

राजपुर नगरपालिकाको कार्यालय रौतहट

प्रवीण कुमार शर्मा 
रौतहट, पुस ६ गते ।
रौतहटको राजपुर नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नगरपालिकाका सवारी चालक रोज कमरुल होदाको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको हो ।

राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै सवारी चालक होदाको निधनमा आइतवार एक दिनका लागि नगरपालिका कार्यालय तथा मातहतका कार्यालय बन्द रहने जानकारी गराउनुभएको छ ।

नगरपालिकाले सवारी चालक होदाको निधनप्रति दुःख समेत व्यक्त गरेको छ । सवारी चालक होदाको गएको शुक्रबार राति ९ बजेको समयमा निधन भएको थियो ।