सत्तारुढ नेकपा (एमाले) का पोलिटव्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा (माओवादी केन्द्र) समाप्तीको बाटोमा रहेको बताउनुभएको छ ।
भारतको नयाँ दिल्लीस्थित फाउन्डेशन अफ सार्क राइटर्स एन्ड लिटरेचर (फोसवाल) को ६५ औँ वार्षिक महोत्सवमा भाग लिएर नेपाली साहित्यकारहरूको सात सदस्यीय टोली नेपाल फर्किएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताउनुभएको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
पूर्व प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उग्रतारा मन्दिरलाई प्राचिनशैलीमा पुनः निर्माण गर्न पहल गर्ने बताउनुभएको छ।
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा महिला स्वरोजगार मेला आजबाट सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन र महिलालाई स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा मेला सुरु भएको हो ।
जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको कार्यालय बिपी अध्ययन केन्द्र भवनको उद्घाटन तथा नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला र सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय स्व रोहिणीराज सिग्देल र स्व विकास लामाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त धारणा राख्नुभएको हो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान निर्माणका बखत आफ्नो पार्टीले फरक मतका रूपमा दर्ज गरेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाइने बताउनुभएको छ।
पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस–एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताउनुभएको छ।
काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घले १५औँ विश्व बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।
बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
निर्वाचन आयोगको शनिबारको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।
राजवीर प्रधान र शिभाली गुरुङ खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा शनिबार पहिलो हुनुभएको छ ।
महालक्ष्मी नगरपालिका वडा नं. ९ को आयोजनामा सम्पन्न दुई दिने वडा कप खुला र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपालका एफएम रुपेश जैसवालले जित्नुभएको छ ।