• १ मंसिर २०८१, शनिबार

अष्ट्रेलिया एक खेल अगावै च्याम्पियन

blog

काठमाडौँ, मङ्सिर १ गते । पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज घरेलु टोली अष्ट्रेलियाले एक खेल अगावै जितेको छ ।

सिड्नी क्रिकेट स्टेडियममा शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १३ रनले हरायो । यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले हराएको थियो ।

जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तान १९.४ ओभरमा सवै विकेटको क्षतिमा एक सय ३४ रनमा समेटियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । एजेन्सी