बेलायतका लागि प्रस्तावित राजदूत चन्द्रप्रसाद घिमिरेले अधिकभन्दा अधिक मुलुकका निर्यातजन्य सामग्रीको व्यापार बेलायतमा अभिवृद्धि गर्न आफूले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिका क्षेत्रमा सरकारले जोड दिएको बताउनुभएको छ।
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
घोराही उपमहानगरपालिका–१४ झिंगौरामा किसान वीरेन्द्र खड्काले मल्चिङ प्रविधिबाट व्यावसायिक रुपमा गर्नुभएको स्ट्राबेरी खेती ।
उत्तरी अफगानिस्तानको बदख्सान प्रान्तको कोक्चा नदीमा यात्रु वहाक गाडी खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
साहित्यकार, गीतकार एवं समाजसेवी दीपा राई पुनकी आमा विमला चाम्लिङ राई ‘मौलाशोभा राई आमा सम्मान–२०८१’ बाट सम्मानित हुनुभएको छ । अनलाइन अभिलेखको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक कार्यक्रममा राईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मका नाममा कुनै विभाजन हुन नहुने बताउनुभएको छ । बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गर्ने कामलाई निषेध गर्नुपर्ने उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले शनिबार (आज साँझ) अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्न दैनिक चार घण्टा सडक बन्द हुने भएको छ ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या नौ पुगेको छ।
पत्रकारितामा क्रियाशील पत्रकारका लागि धनकुटामा अनुसन्धानात्मक लेखनसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।
दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जोखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिइने भएको छ ।
रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ।
सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ ।