• १ मंसिर २०८१, शनिबार

नेपाल आज अफगानिस्तानसँग भिड्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, मङ्सिर १ गते । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले शनिबार (आज साँझ) अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

ताजकिस्तानको सेन्ट्रल स्टेडियम, डुसान्बेमा ६:४५ बजे सुरु हुने खेलमा नेपालले जितको लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले बताउनुभयो ।

यसअघि बुधबार भएको खेलमा नेपाल घरेलु टोली ताजकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबिच ११ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई टोलीबिच सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा भेट भएको थियो ।

साफको सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १–० गोलले पराजित भएको थियो । अफगानिस्तान फिफा वरियतामा नेपालभन्दा २५ स्थानमाथि छ ।