• ११ पुस २०८१, बिहिबार

रुकुम बस दुर्घटना अपडेट : चालकसहित नौ जना घाइते

blog

नगर अस्पतालमा उपचार गराइरहेका घाइते। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १ गते। रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको सङ्ख्या नौ पुगेको छ।

आठबिसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार काठमाडौँबाट राडीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार दिउँसो भेरी कोरिडोरस्थित रिठा नजिकै दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी  निरीक्षक ऋषि पाठकका अनुसार घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका-१ का ३१ वर्षीय चालक खडकबहादुर तामाङ, सोही गाउँपालिका-६ बस्ने २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भीमेश्वर नगरपालिका-७ का २६ वर्षीय प्रकाश मगराठी रहनु भएको छ।

त्यसैगरी रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका-८ का ४५ वर्षीया भीमकुमारी चदारा, उहाँको १० वर्षको छोरा मानबहादुर चदारा, मोरङ खेरुवा नगरपालिका-५ का  २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड  नगरपालिका १२ की २५ वर्षीया किसङकुमारी विक पनि घाइते हुनुभएको छ।

घाइते सबैको अहिले नगर अस्पताल राडीमा उपचार भइरहेको छ। उहाँहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ। बस अनियन्त्रित भएर खसेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस

रुकुमपश्चिममा बस दुर्घटना