• १२ पुस २०८१, शुक्रबार

रुकुमपश्चिममा बस दुर्घटना

blog

दुर्घटना भएको बस। तस्बिर सौजन्य : रबि केसी

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १ गते। रुकुमपश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठा नजिकै बस दुर्घटना भएको छ।

काठमाडौँबाट राडी तर्फ गइरहेको प्रदेश ३–०१–००५ ख ९९६६ नम्बरको बस शनिबार रिठा नजिकै दुर्घटना भएको  हो।

दुर्घटनामा परी आठ जना घाइते भएको आठविसकोट नगर प्रमुख रवि केसीले जानकारी दिनुभयो। बस सडकबाट करिब यस मिटर तल बिजुलीको पोलमा अड्किएको उहाँले बताउनुभयो। उहाँका अनुसार बिजुलीको पोलले बसलाई भेरी नदीमा खस्नबाट जोगाएको छ। 

उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारको लागि आठ्बिसकोटस्थित नगर अस्पताल राडी लगिएको छ। बसमा ८ जना यात्रु मात्र रहेको बुझिएको छ। एक जना पोखराबाट आएका यात्रु र बाँकी सबै मुसिकोट लगायतका ठाउँबाट गएका लोकल यात्रु रहेको बुझिएको नगर प्रमुख केसीको भनाइ छ। थप विवरण आउन बाँकी रहेको छ।