• १२ पुस २०८१, शुक्रबार

बिक्रीका लागि ल्याइएको ब्रोकाउलीमा उच्च विषादी

blog

कृषिथोक बिर्तामोडमा एक पसलमा आएको सब्जि ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २ गते । झापाको बिर्तामोडमा बिक्रीका लागि आएको ब्रोकाउलीमा विषादी अत्यधिक पाइएको छ । सुनसरीस्थित इनरुवाबाट बिर्तामोडमा ल्याइएको भनिएको ब्रोकाउलीमा विषादीको मात्रा उच्च देखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

आइतबार बिहान विषादी अवशेष विश्लेषणका क्रममा ब्रोकाउली उपभोग अयोग्य भएको पाइएपछि बिक्री वितरणमा रोक लगाइएको हो । कृषिथोक बिर्तामोडमा माइला साइला सप्लायर्सले आयात गरेको ब्रोकाउलीमा विषादीको मात्रा ८०.३९ देखिएको हो । विषादीको मात्रा ३५ प्रतिशत भन्दा माथि र ४५ प्रतिशतभन्दा तल देखिए केही दिन राखेर प्रयोग गर्न सकिन्छ ।

४५ प्रतिशतभन्दा माथि देखिए प्रयोगका लागि अयोग्य मानिने प्रयोगशालाले जानकारी दिएको छ । प्रयोगशालाकी प्राविधिक अम्बिका बोहोराका अनुसार विषादी अवशेष विश्लेषणको बोधार्थ बिर्तामोड नगरपालिका सहित सरोकारवाला निकायहरूमा पठाइएको छ । यसअघि यहाँ गरिएको परीक्षणमा केरामा पनि उच्च विषादी पाइएको थियो ।