गुल्मीमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको पाइएको छ । पछिल्लो डेढ वर्षको समयमा यस जिल्लामा विद्युतीय गाडीको सङ्ख्यासँगै प्रयोगकर्ता पनि बढ्दै गएका हुन् ।
सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ ।
नेपालमा बैङ्किङ व्यवसायको जग शङ्खधर शाख्वाले ११ औँ शताब्दी पूर्व नै राखिदिएका हुन् । उनले त्यति बेला जनताको ऋण तिरिदिएका थिए भनिन्छ । मानदेवको पालामा मानाङ्क, गुणकामदेवको पालामा गुणाङ्क, रत्न मल्लको पालामा तामाको सिक्का तथा महेन्द्र मल्लको पालामा महेन्द्र मल्ली नामक मुद्रा प्रचलनमा ल्याएका थिए । गुणकामदेवले जनताबाट ऋण उठाइ काठमाडौँ स्थापना गरेको ऐतिहासिक
बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ ।
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकाकी बिमला शाहीको हत्या भएको खुलेको छ । यही कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिनुभएको २४ वर्षीया बिमला शाहीको हत्या भएको खुलेको हो ।
नेपाल बैङ्क लिमिटेडको स्थापना मुलुकको अर्थतन्त्रको विकासमा ऐतिहासिक परिघटना थियो । आधुनिक वाणिज्य बैङ्क र केन्द्रीय बैङ्कसमेत स्थापना नभएको बेला नेपाल बैङ्कको स्थापनाबाट मुलुकमा उद्योग, वाणिज्य क्षेत्रका गतिविधि अगाडि बढाउन मद्दत पुगेको थियो ।
नेपाली लोककलामा सिर्जनात्मक खोजी नै कलाकार मनिषा साहको परिचय बन्दै गएको छ । नेपाल ललितकला क्याम्पसबाट क्रियटिभ आर्टमा स्नातकोत्तर गर्नुभएकी मनिषाले तराईको भूमि, भाव र परिवेशलाई कलामा समेत पछ्याउँदै अघि बढ्नुभएको छ ।
अक्षयकोषमार्फत मानवसेवा आश्रमलाई व्यवस्थित बनाउने उद्देश्यले आयोजित श्रीमद भागवत ज्ञानविज्ञान महायज्ञमा नौ करोड ७० लाख सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिन शनिबार ७५ लाख सङ्कलन भएको हो ।
न्युरोडस्थित टेबहालमा रहेको सङ्कटा मन्दिरमा शनिबार भक्तजनको भिड लागेको थियो । कात्तिक महिनाको अन्तिम शनिबार सङ्कटा मन्दिरमा भिड लाग्ने गरेको छ । शनिबार सङ्कटा मन्दिर दर्शन गर्न जाने भक्तजनको लाइन न्युरोड गेटदेखि नै थियो । सङ्कटा मन्दिरमा दर्शन गरेपछि मानिसका हरेक सङ्कट अन्त्य हुने विश्वास रहिआएको छ ।
नबिल बैङ्कको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले सूचीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताउनुभयो ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आयोजित नगर स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिता न्यू वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गते (आज) आइतबारसम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगको समयसीमा सोमबार सकिँदै छ । आयोगले चुनावमा भाग लिन कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने गत असोज २० गते नै प्रस्ट्याएको थियो तर हालसम्म दुई वटा नयाँ दलले मात्रै दर्ताको प्रमाणपत्र पाएका छन् ।
अर्को सातादेखि विद्युतीय राहदानी वितरण सहज हुने भएको छ । राहदानी विभागले अर्को सातादेखि सङ्क्रमणकालीन अवस्थाका लागि राहदानी छपाइ गर्न विकल्पसहितको बाटो अख्तियार गरेकाले अर्को सातादेखि वितरण सहज हुने भएको हो ।