आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने युवाको सहभागिता उल्लेख्य देखिएको छ । मतदाता नामावली दर्ता गर्ने कार्य अन्तिम चरणमा पुगेका कारण सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयअगाडि युवाको भिड बढ्न थालेको छ ।
कार्यालय समयमा पुग्दा भिडभाड हुने डरले भत्ता लिने वुद्धवृद्धा बिहान साढे तीन ३ नै वडा कार्यालय पुग्ने गरेका कुरा सुन्दा आश्चर्य लाग्न सक्छ तर कञ्चनपुरको बेदकोट नगरपालिका–८ का वृद्धले यस्तै गरिरहनुभएको छ । बेदकोट नगरपालिका–८, रामसिंह विष्ट वृद्ध भत्ता बुझ्नका लागि शुक्रबार बिहानै ३:३० बजे वडा कार्यालय पुग्नुभयो । वृद्ध भत्ता बुझ्न ७९ वर्षीय विष्ट एकाबिहानै वडा कार्यालयमा पुग्नुभएको वडासचिव दीपा पाण्डेले बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आइतबार सकिँदै छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तोकेको समय अविधि आज साँझ सकिँदैछ ।
वीरेन्द्रनगर नगरपालिकासँगै जोडिएको वराहताल गाउँपालिका–२ को पाग्माको अधिकांश बस्ती भेरी नदीको किनारमा छ । ११ वर्षअघि २०७१ मा भेरी नदीमा आएको बाढीले बस्ती तथा जग्गा बगाएर बगर बनाएको १० वर्षपछि त्यही बगरमा बहुमूल्य प्रजातिका जडीबुटीका बिरुवा रोपेर हराभरा बनाइएको छ ।
रास्कोट नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको निर्णय अवज्ञा गर्दै आएको पाइएको छ । आर्थिक स्रोत नभएकाले करारमा राखिएका कर्मचारीलाई काममा नलगाउन कर्णाली प्रदेश सरकारले ऐनमार्फत गरेको निर्णय उल्लङ्घन गरेको हो ।
पाल्पामा भएको अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी रामपुर अंग्रेजी आवासीय मावि रामपुर–५, ले जितेको छ ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना पूरा भएको छ । संवैधानिक व्यवस्था अनुसार गएको जेठ १५ चालु आवका निम्ति प्रस्तुत गरेको बजेट साउन १ गतेदेखि नै कार्यान्वयनमा आएको हो । बजेट कार्यान्वयनमा आएको दोस्रो महिनामै देशमा ठुलो परिवर्तन भयो ।
ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका यहाँका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहजता भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने यो खोलामा ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।
लोकतन्त्रमा राजनीतिक दल महत्वपूर्ण अङ्ग हो, जसले जनतालाई एकत्रित र सङ्गठित गर्नुका साथै तिनका मुद्दाको प्रतिनिधित्व गर्छ । राजनीतिक दल जनताका विविध भोगाइ, आवश्यकता र आकाङ्क्षाबाट निर्मित सङ्गठित शक्ति हो, जसले जनतालाई चिन्नु पर्छ र जसलाई जनताले पनि चिन्नु पर्छ ।
गल्याङ् नगरपालिका –९ डुबिनडाँडा कल्लाबारीका युवकलाई एक नाले भरुवा बन्दुक प्रहरीले पक्राउ गरेको छ । प्रहरीले स्थानीय ३६ वर्षीय रामप्रसाद भट्टराईलाई पक्राउ गरेको हो ।
चालु आर्थिक वर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा आएको बदलाबसँगै नेपाल आमनिर्वाचनको सँघारमा उभिएको छ । आउँदो फागुन २१ गते निर्वाचन हुँदै छ । निर्वाचन जेनजी आन्दोलनले ल्याएको परिवर्तनको उपज हो ।