शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नौरते नेपाली
सिँजा (जुम्ला), फागुन २२ गते । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाहीले फराकिलो अग्रता कायम गर्नुभएको छ ।
प्रारम्भिक मत परिणाम अनुसार ज्ञानेन्द्र शाहीले २१ सय २ मत प्राप्त गर्दै पहिलो स्थानमा रहनुभएको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीले ९७२ मत ल्याउँदै दोस्रो स्थानमा रहनुभएको छ ।
भने नेपाली कांग्रेसका दिपबहादुर शाहीले ४९६ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका शान्तिलाल महतले २१२ मत, रास्वपाका बिनिता कठायतले ३८ मत पाउनुभएको छ । साथै ११७ मत बदर भएको छ । ३ हजार ९६२ मत गणना भएको छ ।