• २२ फागुन २०८२, शुक्रबार

सर्लाही–४ मा अमरेश सिंहलाई सुरुवाती अग्रता

blog

डा. अमरेशकुमार सिंह ।

जनार्जन खत्री

सर्लाही, फागुन २२ गते । सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले सुरुवाती अग्रता लिनुभएको छ । 

प्रारम्भिक मत परिणाम अनुसार सिंहले ९७६ मत प्राप्त गरी अग्रता लिनुभएको हो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ७४४ मत ल्याएर सिंहलाई पछ्याइरहनुभएको छ । 

यस्तै जनमत पार्टीका राकेश मिश्राले ५११, नेकपा एमालेका अमनिसकुमार यादवले १९५ मत ल्याउनुभएको छ । सर्लाही ४ मा अहिले रास्वपाका उम्मेदवार सिंहको गृह पालिका बलरा नगरपालिकाका विभिन्न मतदान केन्द्रको मतगणना भइरहेको छ । प्रतिनिधि सभा सदस्य चयन गर्न सर्लाही ४ मा ७७ हजार ९३१ मत खसेको छ ।