पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।
जिल्लाको हेटौँडा, हटिया, हर्नामाडी, पदमपोखरी, भीमफेदीको सुपिङ, बकैया, बागमती, मनहरी, मकवानपुरगढी लगायतका क्षेत्रका खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो।
खेमराज सापकोटा रानी (मोरङ), कात्तिक २९ गते । मोरङ जिल्लाको बुढीगङ्गा गाउँपालिका ४ मा विपन्न समुदायका महिलालाई स्वरोजगार बनाउनका लागि डकर्मी तालिमको सञ्चालन गरिएको छ । महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । तालिम राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको आयोजनामा र स्ट्यान्डर्ड चार्टर्ड बैँकको सौजन्यमा गरिएको हो । “हातमा सीप भए कोही पनि भोकै बस्नुपर्दैन । यो तालिमले महिलालाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउन मद्दत पुर्याउने छ भन्ने विश्वास लिएको छु ।” गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले भन्नुभएको छ ।सीप प्राप्त व्यक्तिले मात्र राम्रो आय-आर्जन गर्न सक्ने उल्लेख गर्दै उहाँले महिलामा स्वरोजगारप्रति उत्साह बढाउने विश्वास व्यक्त गर्नुभयो । समाजका अध्यक्ष सुरेन्द्र थापाको संयोजनमा सञ्चालन भइरहेको तालिममा १० जना महिला सहभागी रहेको वडा नं.४ का अध्यक्ष शशिकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिम आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने छ । नेपाल इन्भेस्टमेन्ट बैँक लिमिटेडको सहयोगमा सञ्चालित उक्त तालिममा सहभागीहरूले सीप विकास र स्वरोजगारसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गरिरहेका छन् । आयोजकका अनुसार, तालिमको उद्देश्य स्थानीय युवालाई रोजगारमुखी बनाउने र गाउँपालिकामा आर्थिक सशक्तीकरण प्रवर्धन गर्ने रहेको छ ।
आगामी फागुन २१ गते हुन लागेको संसदीय निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा मतदान स्थल तथा मतदान केन्द्र थपका लागि जिल्ला स्तरीय समितिले सिफारिस गर्ने निर्णय गरेको छ ।
जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताउनुभएको छ ।
अर्थोडोन्टिक एन्ड डेन्टोफेसियल अर्थोपेडिक एसोसिएसन अफ नेपाल (ओडान) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आयोजनामा धरानमा भएको सम्मेलनमा १०१ जनाको सहभागि छ ।
कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै नौ विद्रोही समूहका लडाकू मारिएको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
जिल्लाको फुङ्लिङ नगरपालिका-९, हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ-१०, फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो ।
रास्वपाको नगर पार्टी कार्यालयको नवलपुरको कावासोतीमा उद्घाटन गर्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताउनु भएको हो ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड निर्माण कम्पनीको ढिलासुस्तीका कारण आठ वर्षदेखि अलपत्र परेको छ ।
संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत शुल्क घटाएर १५ प्रतिशत पुर्याउने सहमति जनाएको छ । उक्त निर्णय शुक्रबार जारी गरिएको ह्वाइट हाउसको वक्तव्यमा उल्लेख गरिएको हो ।
जनप्रतिनिधिको टोली मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१, छोसेरस्थित नेचुङमा अध्यागमन (इमिग्रेसन) कार्यालयबाट भिजिट भिसामा कोरला नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलको एकसाता भ्रमण गएका थिए ।
शनिबार लमजुङ सदरमुकाम बेँसीसहरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र गोली फेला नपर्दासम्म समाजमा शान्तिसुरक्षा कायम रहन नसक्ने बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई समर्थन गर्ने प्रस्तावमा मतदान गर्ने घोषणा गरेको छ ।