उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।
लक्ष्मी चौधरी जनकपुरधाम, कात्तिक २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ। सम्बोधनका क्रममा उहाँले मधेशमा जारी आन्दोलन अन्त्य गर्न संवाद र सहकार्य नै एकमात्र मार्ग भएको जिकिर गर्दै आन्दोलनरत दललाई वार्ताको टेबलमा आउन अपील गर्नुभएको हो।मुख्यमन्त्री यादवले सडक सङ्घर्षले समस्याको समाधान नहुने उल्लेख गर्दै भन्नुभयो, “सडकमा आन्दोलन गर्नुभन्दा आउनुस्, बसेर वार्ता गरौँ, समस्याको समाधान मिलेर खोजौँ।”उहाँले आफूले कुनै पनि दलसँग प्रतिस्पर्धा नभएको स्पष्ट गर्दै मधेशका गरिब, प्रदेशको शान्तिसुरक्षा र समृद्धि नै आफ्नो प्राथमिकता रहेको बताउनुभयो।उहाँले कोशी प्रदेशमा समेत राजनीतिक असन्तुष्टि हुँदाहुँदै दलहरू सडक सङ्घर्षमा नउत्रिएको उदाहरण प्रस्तुत गर्दै मधेशमा पनि संयमता र राजनीतिक परिपक्वता देखाउन आग्रह गर्नुभयो।साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताकार्यकर्तालाई पार्टी मार्गदर्शनअनुसार व्यवहार देखाउनुभयो।सम्बोधनमा भारतीय दूतावासको हस्तक्षेप भएको आरोप पनि मुख्यमन्त्री यादवले सार्वजनिक गर्नुभयो। उहाँले जेनजी आन्दोलनपछि सङ्घ र प्रदेशमा सरकार गठनको बेला मन्त्री चयनसमेत भारतीय दूतावासको चासो देखिएको दाबी गर्नुभयो। आफू र आफ्ना मन्त्रीहरू सुरक्षा चुनौतीमा रहेको उहाँले उल्लेख गर्नुभयो। साथै मुख्यमन्त्री यादवले नयाँ पहलको घोषणा गर्दै अबदेखि प्रत्येक बिहान ७ः१५ देखि ८ बजेसम्म ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्ने जानकारी गराउनुभयो। यसमार्फत आम नागरिकसँग प्रत्यक्ष संवाद गरी समस्या तथा सुझाव सुन्ने उद्देश्य रहेको बताइएको छ।
नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।
दक्षिण कोरिया भ्रमणमा रहनुभएका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार आयोजना साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले सङ्घ तथा प्रदेश सरकारको निर्णय अवज्ञा गर्दै आएको छ ।
कैलालीको विभिन्न स्थानबाट लागुऔषधसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३, कुसमघाटमा सुदूरपश्चिम प्रदेश ०१–००९ प ३५११ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक लम्किचुहा नगरपालिका–१ थकालीपुर बस्ने १९ वर्षीय रिजन मगर र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय आकाश चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् ।
जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका दुर्गम गाउँ बस्तीमा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माणण यहाँका स्थानीयलाई सेवा लिन सहज भएको छ ।
नेपाल आर्ट काउन्सिलमा सेप्टेम्बर ६ मा ‘रुट एन्ड रिफ्ल्याक्सन’ शीर्षक अन्तर्गत समूहगत कला प्रदर्शनी गरिएको थियो । यो कला प्रदर्शनी मूलतः ‘आर्ट एन्ड कल्चर’ समेटेर मेलाकै रूपमा आयोजना भएको थियो अर्थात् संस्कृतिमाथिको कला भने जस्तो पनि बोध हुन्थ्यो ।
काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सिसिटिभी क्यामेराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ ।
“कति राम्री छ थलपरी जस्ती ।” जिस्क्याउँदै गरेको मोहन मेरो नजिक आउँछ । म बोल्न हिच्किचाउँछु । तुरुन्तै जवाफ दिन पनि सक्दिनँ, त्यसैले मेरो मौनतालाई उसले अवसर मान्यो । झन् नजिकियो र फकाउने हदैसम्मको प्रयास गर्यो । मैले एकै शब्द नाइँ हुन्नमा सबै बेहोरा टुङ्ग्याएँ । त्यतिबेलाको उनाउ टल्यो । फेरि फेरि कालो बादल मडारियो । केटाहरू मात्र होइनन्, अधबैँसे, बुढा बुढा पनि र्याल चुहाइरहे
नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।
व्यास नगरपालिका–१, रतौलीका अर्जुन बस्नेत १७ वर्षसम्म दुबईमा पसिना बगाए पनि आफूले खोजेको स्थिरता र आत्मसन्तुष्टि विदेशमा पाउन सक्नु भएन । पाँच वर्षअघि गाउँ फर्किएपछि कृषि व्यवसायमा लागेर उहाँले न केवल नयाँ पहिचान बनाउनुभयो ।
मतदाता नामावलीमा नाम दर्ता गराउने समय दुई दिन मात्र बाँकी रहेकाले जिल्ला प्रशासन कार्यालय बाँकेले कात्तिक २९ गते शनिबार पनि राष्ट्रिय परिचयपत्र बनाउने जनाएको छ ।