• २२ फागुन २०८२, शुक्रबार

कालिका–२ का तीन मतदान केन्द्रको मतगणना सम्पन्न

blog

गंगा कुमारी मिजार
रसुवा, फागुन २२ गते ।
रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानस्थित कालिकाहिमालय क्याम्पसमा रहेका मतदान केन्द्र क, ख र ग को मतगणना परिणाम सार्वजनिक भएको छ ।

ती केन्द्रबाट कुल एक हजार ६३२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले ६८९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका प्रेमबहादुर तामाङले २३५ मत प्राप्त गर्नुभएको छ ।

अन्य उम्मेदवारमध्ये उज्यालो नेपाल पार्टीका मानबहादुर तामाङले ४९ मत, नेपाली कम्युनिस्ट पार्टीका माधव लामिछानेले ३४ मत, मंगोल नेशनल अर्गनाइजेसनका विनोद थिङले १० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात मत तथा कम्युनिस्ट पार्टी (माओवादी)का होमप्रसाद आचार्यले तीन मत प्राप्त गर्नुभएको छ । त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका दाबा साङ्बो तामाङले मत प्राप्त गर्न सकेनन् ।

स्वतन्त्र उम्मेदवारतर्फ चित्रकुमारी देवकोटाले एक मत तथा सागर लामाले दुई मत प्राप्त गर्नुभएको छ भने दावा मिङमार तामाङले मत प्राप्त गर्न सकेनन् । उक्त मतदान केन्द्रमा ६४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।