जिल्लाको पूर्वी भेगस्थित इलाका प्रशासन कार्यालय रामपुरले राहदानी र राष्ट्रिय परिचयपत्र सेवा आरम्भ गरेपछि यस भेगका सेवाग्राही लाभान्वित बनेका छन् ।
राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको प्रचुर सम्भावना रहेकाले त्यसको अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ ।
हरियो चियापत्ती प्रशोधन गर्ने प्लान्ट नहुँदा तेह्रथुमको लालीगुराँस नगरपालिका क्षेत्रमा चिया खेती गर्दै आएका किसानको हरियो पत्ती बोट मै खेर गइरहेको छ ।
काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा उपलब्ध गराउनका लागि जिल्ला नापी कार्यालय काभ्रेपलाञ्चोकले पुनः नापी टोली खटाएको छ । साबिकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबिचको सिमाना विवादका कारण यी दुई गाविस (हाल वडा ७ र ८) का नागरिकले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको धनीपुर्जा प्राप्त गर्न सकेका छैनन् ।
पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बोकेको गजेन्द्रमोक्ष दिव्यधामको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले गाउँ गाउँमा पुगेर सेवा प्रदान गर्न थालेको छ ।
गोरखाको गण्डकी गाउँपालिका–७ मा धौवादी र धादिङको बेनीघाट रोराङ जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य छन् ।
परशुराम नगरपालिकाले ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने योजना ल्याएको छ ।
रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका–१ गरी १६ जना छन् ।
लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ ।
दशरथ चन्द नगरपालिकाले १०८ वर्षीय महिलालाई घरमै पुगेर न्यानो सामग्री दिएर सम्मान गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ ।