कृषि विकास कार्यालय दैलेखले कोल्ड स्टोरलाई सञ्चालमा ल्याएको छ। जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डारण गर्ने उदेश्यसहित कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएको हो।
ताप्लेजुङस्थित लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ।समितिकाे १६ औं साधारणसभाले मादेन अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताउनुभएको छ । बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ऐतिहासिक परिवर्तनका साथै मुलुकमा सङ्कट उत्पन्न भएका बेला कांग्रेस र एमाले एकताबद्ध भएर अघि बढेका बताउनुभएको छ ।
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गर्नुभएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ को हालसम्म तीन करोडभन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । १६ औं नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको प्रगति विवरणअनुसार कुल तीन हजार ७७३ जनालाई तीन करोड ५२ लाख ८० हजार ११६ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने धारणा राख्नुभयो ।
बाँकेमा देखिएको रगत अभाव कम गर्न विभिन्न सङ्घसंस्थाले रक्तदानका कार्यक्रम आयोजना गरेका छन्।
पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा सेन्ट पिटर्स बेसिलिकाको ‘पवित्र ढोका’ खोल्दै क्याथोलिक उत्सवको ‘जयन्ती वर्ष-२०२५’को शुभारम्भ गर्नुभएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ ।
कजाखस्तानको विपत् व्यवस्थापन मन्त्रालयले २५ जना जीवितै रहेको र तीमध्ये २२ जनालाई अस्पताल लगिएको जनाएको छ । एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–७ स्थित नकैया सिमसार क्षेत्रमा हिउँदे आगन्तुक चरा लक्ष्मण सारस पहिलो पटक देखा परेका छन्।
अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन्।
रसुवाको गतलाङस्थित कालो गाउँ । पर्वतीय कुण्ड अवलोकन गर्न यस गाउँमा वाह्य तथा आन्तरिक पर्यटक आउने गरेका छन् ।