नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठकको मिति तोकेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठक तोकेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
खोटाङको बाँसपानीमा सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका केपिलासगढी गाउँपालिका–१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको मृत्यु भएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फाल्गुनन्द गोल्ड कप पूर्वी पहाडको एक प्रतिष्ठित फुटबल प्रतियोगिता हो । यो खेलले क्षेत्रीय खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रतियोगिता २०६५ सालदेखि पाँचथर जिल्लाको फिदिममा सञ्चालन हुँदै आएको छ ।
पाकिस्तानमा जारी सडक अवरोध र चिकित्सा सङ्कटबीच पाराचिनारमा १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन्। विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मनाइएको हो।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बुधबारदेखि सातौँ तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिप सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ।
वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्यूएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो।
चर्च ब्वाइज क्लब फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वराहक्षेत्र नगरपालिका-१० प्रकाशपुरस्थित सप्तरी टोलमा मङ्गलबार राति विद्युतीय तार सर्ट भई आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बिच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिनुभएको छ ।