• ११ पुस २०८१, बिहिबार

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता

blog

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस ।

न्यूयोर्क, पुस १० गते । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बिच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिनुभएको छ ।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) प्रवक्ता स्टेफनी ट्रेम्बलेले भन्नुभयो, “सुडानमा द्रुत रूपमा बिग्रँदै गएको खाद्य सुरक्षा अवस्थाबाट महासचिव चिन्तित हुनुहुन्छ । खाद्यान्न र पोषणमा पहुँच देशभरि लाखौं मानिसहरूका लागि बिग्रँदै गएको छ ।”

“आईपीसीमा भोकमरी समीक्षा समितिको पछिल्लो प्रतिवेदनले सुडानमा कम्तिमा पाँच स्थानमा अनिकालको अवस्था रहेको देखाएको छ । उत्तरी डार्फर र दक्षिण कोर्डोफानको पश्चिमी नुबा पर्वतमा रहेका विस्थापन शिविरहरूलाई जोखिममा रहेको देखाएको छ ।”

सुडानमा २४ लाख भन्दा बढी मानिसहरू द्वन्द्वको साथसाथै तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । गुटेरेसले छिटो, सुरक्षित, निर्बाध र दिगो पहुँचको सुविधा दिनका लागि आफ्नो आह्वानलाई दोहोर्‍याए । रासस/एएनआई