कलैया उपमहानगरपालिका–१७, सुराही टोलका एक वडा सदस्य दम्पतीलाई बन्दुक देखाएर चोरको समूहले गाउँको ट्रान्सफर्मर चोरी गरेका छन् । वडा सदस्य लक्ष्मी रा
सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
उत्तरी गोरखाको चुम उपत्यकामा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा मङ्गलबारदेखि बुधबार बिहानसम्म हिमपात भइरहेको चुमनुब्री गाउँपालिका–२, स्यालाका पेम्बा रेता लामाले जानकारी दिनुभयो ।
बागलुङका १० स्थानीय तहमध्ये निसीखोला गाउँपालिका दुर्गम र विकट पालिका हो ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरस्थित मुसहरी टोलमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
ताप्लेजुङको पाथीभरा याङवाराक गाउँपालिकाले आलु पकेट क्षेत्रका किसानलाई पाइप वितरण गरेको छ । गाउँपालिकाले आलु पकेट क्षेत्र रहेको वडा नं. २, थेचम्बुका किसानलाई सिँचाइका लागि पाइत वितरण गरेको हो ।
तीन वर्षअघि पोखरामा निर्माण गरिएको साइकल लेनमा अन्य गाडी पार्किङ हुँदा हैरानी हुने गरेको छ ।
पाल्पाको रामपुर अस्पतालमा कार्यरत २६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् ।
लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढेर ५४.७ प्रतिशत पुगेको छ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था टिकाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले जानकारी दिनुभयो ।
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा बाघलगायतका जङ्गली जनावर अवलोकनका लागि जङ्गल सफारी खुला गरिएको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा गत असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण करिब दुई हजार छ सय वटा निजी आवासमा पूर्ण रूपमा क्षति भएको छ । आश्रयस्थल क्लस्टर सहरी
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । विश्वविद्यालयको २०८१ साउनमा बसेको बाह्रौँ सिनेट बैठकले स्नातकोत्तर कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तिहारपछि विभिन्न मठमन्दिरमा हुने पूजापाठसँगैको यस वर्षका लागि मेला सकिएका छन् ।