आठ महिना यता आफूहरूले बिक्री गरेको दूधको मूल्य नपाउँदा कोशी प्रदेशका किसानहरू समस्यामा पर्न थालेका छन् ।
कैलालीको चिसापानीदेखि राजकाँडासम्म केबलकार सञ्चालनका लागि निर्माण सुरु गरिने भएको छ ।
नेपाली सेनाले हवाई फायर गरी हेटौँडाबाट गैंडाको खाँग तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सेनाको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित गर्दोईबाट बिहीबार मध्याह्न हवाई फायर गरी गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवा सातवटै प्रदेशमा विस्तार गर्दै सङ्घीयता सवलीकरणमा लागिरहेको बताउनुभएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
जिल्लाको दुई वटा स्थानीय तहमा सञ्चालित समुदायमा आधारित पुनःस्थापना (सीबीआर) परियोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेको बयान न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।
चार दिन अगाडि कृषि विकास बैंक लहान शाखामा पुगेका किसानहरुलाई आज बिहीबारसम्म जग्गा फिर्ताको लागि पहल गरिने आश्वासन अनुसार फिर्ता गराउने कुनै पहल नभएपछि आक्रोशित किसानहरुले तालाबन्दी गरेको स्थानीय किसान नेता बालेश्वर यादवले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्र दैनिकबाट समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४५ पुगेको छ । पछिल्लो पटक वाम्बुले राई भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४५ पुगेको हो ।
भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ । यो इतिहासको सबैभन्दा ठुलो भेला हो ।
कागतेमा सुन्तला खेती मौलाएको छ । धनकुटामा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् ।
नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गर्नुभएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पुस १६ गते अभियान समापन हुने बताइएको भए पनि काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको हो।
मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।