जिल्लाको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पहिचानको प्रमुख आधार भाषा भएकाले गोरखापत्रले विभिन्न मातृभाषी पृष्ठ प्रकाशन गरेर प्रसंशनीय काम गरेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गर्नुभएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पुर्याउन पहलकदमी थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–१४ पावरहाउस चोकबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका चक्लेट बोकेको म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणले सङ्घीय सरकारले जे भन्छ त्यही गर्न आफूहरू बाध्य भएको बताउनुभएको छ ।
दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गर्नुभएपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।
ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा र प्याब्सन बुढानीलकण्ठबिच सम्झौता भएको छ ।
बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका छन् । डिलासैनी गाउँपालिका– २ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएको हुन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि चुम्ने जनकपुर बोल्ट्सका टिम सदस्य आसिफ शेख र उपविजेता बन्ने सुदृरपश्चिम रोयल्स टिम सदस्य आरिफ शेखलाई उनीहरुको गृहजिल्ला पर्सामा नगदसहित प्रशंसापत्रले सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) को आर्थिक सहयोगमा निर्माण भएको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको उद्घाटन गरिएको छ ।