काठमाडौं, पुस ११ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकले विभिन्न १२ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।
सञ्चारमन्त्री गुरुङले सवारी तथा यातायात व्यवस्था (दशौं संशोधन) नियमावली, २०८१ स्वीकृत गरेको निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
यसैगरी, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।