• १२ पुस २०८१, शुक्रबार

प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप

blog

काठमाडौं, पुुस ११ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बुढाथोकीले सवारीसाधनलाई आवत–जावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार रुपियाँ घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिर्इ बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।