नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोमा पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु भएको छ ।
तानसेन खानेपानी उपभोक्ता समिति तानसेन पाल्पाले पछिल्लो समयमा नगरका कुनै पनि घर होटल व्यवसायी, सर्वसाधरण, संघ संस्था, अस्पताललाई पानीको अभाव हुन नदिने गरी काम गर्न थालेको जानकारी दिएको छ ।
जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो ।
बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ ।
जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको हो । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डीपी २ ए ७५६८ नम्बरको भारतीय ट्रिप्पर दुर्घटना भएको हो ।
सवारीसाधन चालकहरूले लागुऔषध पदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको सूचनाका आधारमा प्रहरीले तीन चालकलाई पक्राउ गरेको छ ।
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ लाई जोड्ने घोक्सिला खोलामा ७० मिटर लामो पक्की पुल निर्माण सुरु गरिएको छ ।
सिचुवान एयरलाइन्सको जहाज चार्टड गरी गरी एक सय २९ जना चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । चीनको छेन्दु विमानस्थलबाट बिहीबार बिहान आइपुगेको चिनियाँ टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्वागत गर्नुभएको छ ।
तेस्रो खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै परिसर निर्माण गरिएको हो । यहाँ मौरीको ठूलो डमीसमेत तयार गरिएको छ ।
सुनचाँदीको विभिन्न गरगहनासहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पश्चिमी कजाकिस्तानमा अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमानमा चरा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक कारण बताइएको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारी पीडितहरुको रकम व्यवस्थित रुपमा फिर्ता गर्ने काममा सरकार लागेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक रु दुईहजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।