• १२ पुस २०८१, शुक्रबार

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने तीन पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बन्देउमा नसालु पदार्थ तथा लागुऔषध सेवन गरे नगरेको बारे चालकलाई चेकजाँच गर्दै ।

चित्र मिजार

सिन्धुपाल्चोक, पुस ११ गते । सवारीसाधन चालकहरूले  लागुऔषध पदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको सूचनाका आधारमा प्रहरीले तीन चालकलाई पक्राउ गरेको छ ।  लागुऔषध सेवन गरी सवारीसाधन चलाइरहेका बा.प्र ०३–००१ज–३५१ नं.को ईभी भ्यान चालक लिसङ्खुपाखर गाउँपालिका–२ का ४३ वर्षीय रमेश उप्रेती, बा.प्र,०१–०२६च–२५९८ नं, को बलेरो चालक काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–२ का ४३ वर्षीय कुमार ढुंगाना, ना.१ज.८९२४ नं.टाटा सुमो चालक दोलखा भीमेश्वर नगरपालिका–१ का २६ वर्षीय अशोक खातीलाई बन्देउबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिरेन्द्र यादवले जानकारी दिनुभएको छ । 

नसालु तथा लागुऔषध पदार्थ सेवन गरी चालकहरूले सवारीसाधन चलाउदाँ दुर्घटना बढीरहेकाले त्यसको न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले चौतारा साँगाचोकगढी नपा–११ बन्देउमा चेकप्वाइन्ट चेकजाँच गर्दा तीन चालकहरूले लागुऔषध पदार्थ सेवन गरेको भेटिएको इन्स्पेक्टर यादवले बताउनुभयो । उहाँका अनुसार जिल्लाका मुख्य–मुख्य सडकहरूमा चेकजाँच भइरहेको र सबै सडकहरूमा उक्त कार्य थाल्ने भएको छ ।

पक्राउ परेका चालकहरूलाई जिल्ला अदालतमा पेस गरी म्याद थप भई अनुसन्धान कार्य जारी रहेको उहाँले जानकारी दिनुभएको छ । चालकहरूलाई प्रहरीले बन्देउबाट पुस ८ गते पक्राउ गरी थप अनुसन्धान प्रक्रियामा रहेको छ । प्रहरीले सवारीसाधन चलाउनेहरूलाई चेकजाँच गर्न थालेपछि चालकहरू सचेत हुन थालेका छन् ।