बागमती प्रदेश सरकारले बागमती प्रदेशको प्रदेश प्राविधिक तथा व्यावसायिक एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गरेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार कैलालीको धनगढी आउने कार्यक्रम तय भएको छ । कैलालीको चिसापानीमा निर्माण हुन लागेको जाल्पादेवी केबुलकारको शिलान्यास गर्न उहाँ कैलाली आउन लागेको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
भगावन बुद्धले हिँडेरै विश्वभर बुद्ध सन्देश फैलाएका थिए । यसैले बौद्ध धर्ममा पदयात्राको खास महत्व छ । यही पदयात्रालाई प्रबद्र्धन गर्ने र लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवा–लुम्बिनी २४ किलोमिटर बौद्ध संचार यात्रा गरिएको छ ।
निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् ।
ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा सञ्चालन भइरहेको राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपमा बिहीबार दोस्रो चरणको खेल सम्पन्न भएका छन् ।
नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम। ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गर्नुभएको छ।
चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना हुँदा चन्द्रकोट ६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका विषयगत समितिको भागवण्डा टुंगो लागेको छ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई दलबिच छलफलको आधारमा समितिको भागबन्डा टुंगो लगाएको जानकारी दिनुभयो।
पूर्वमन्त्री तथा आदिवासी जनजाति अगुवाले आदिवासी जनजातिको प्राप्त अधिकार विभिन्न नाममा खोस्ने प्रयत्न भइरहेको भन्दै समयमै सचेत बन्नुपर्ने बताएका छन्।
नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ।
सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
धनगढीको मुख्य बजार क्षेत्रमा निर्माण भइरहेको सडकको ६५ प्रतिशत काम पूरा भएको छ।
२१ जना यात्रु सवार हायस धनकुटा नगरपालिका ३ स्थित निगालेमा दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्।
न्युरोड टिम (एनआरटी) ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विभागीय टोली एपिएफ क्लब र सङ्कटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सहज जित निकालेको छ ।