राममणि दाहाल
हेटौँडा, पुस ११ गते । बागमती प्रदेश सरकारले बागमती प्रदेशको प्रदेश प्राविधिक तथा व्यावसायिक एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा शान्ति लामालाई नियुक्त गरेको छ ।
बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नुवाकोटको म्यागङ गाउँपालिकाका लामालाई प्रदेश प्राविधिक तथा व्यावसायिक एवं तालिम परिषद् (सिटिइभिटी) प्रमुख कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय बैठकले गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा गठित सिफारिश समितिले गरेको सिफारिशका आधारमा तीन जनामध्येबाट लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयले प्रदेश प्राविधिक तथा व्यावसायिक एवं तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशका लागि खुला रुपमा आवेदनमा माग गरेकोमा सात जनाको आवेदन परेकोमा तीमध्येमा पनि कार्ययोजना लगायतका आधारमा पाँच जनाको सूची तयार गरी तीन जना छनोट गरी नियुक्तिका लागि सिफारिश गरिएको थियो । लामा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि सदस्य हुनुहुन्छ ।