सिराज खान
नेपालगन्ज, पुस ११ गते। नेकपा (एमाले) बाँकेले नेपालगन्ज मेडिकल कलेजले सेवाग्राहीबाट ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुल्क घटाउन माग गरेको छ।
नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा अस्पताल व्यवस्थापनले विभिन्न सेवामा ५० देखि शतप्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ। शुल्क तत्काल घटाउन माग गरेको छ।
साथै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको ट्रेड युनियन अधिकारप्रति वेवास्ता गर्ने कुरा व्यवस्थापनको गम्भीर कमजोरी रहेको समेत विज्ञप्तिमा जनाइएको छ।
लामो समयदेखि नेपालगन्ज मेडिकल कलेजमा भइरहेको कर्मचारीको आन्दोलनप्रतिसमेत एमालेले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।