• १ माघ २०८१, मङ्गलबार

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

blog

बिहीबारको खेलमा प्रतिश्पर्धा गर्दै एनआरटी र सहलेशका खेलाडी । तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, पुस ११ गते । न्युरोड टिम (एनआरटी) ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीबार भएको खेलमा एनआरटीले सहलेस क्लब सिराहालाई टाइब्रेकरमा ५–४ गोलले हरायो । 

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि विजेताको निर्णय टाइब्रेकरबाट गरिएको थियो । एनआरटीका लागि कृतिष हुराउ, अभिषेक लिम्बू, सरोज तामाङ, अञ्जान विष्ट र क्यालर्सले गोल गर्नुभयो । 

सहलेशका कुलदिप कार्की, विवेक राई, दोर्जे तामाङ र फागुराम थारूले गोल गर्नुभयो । एनआरटीका अभिषेक लिम्बू म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।