फागुन १९ गतेदेखि नेपालगन्ज रङ्गशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि रङ्गशालाको मर्मतसम्भार र सरसफाइ गरेर तयार पारिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिनुभएको छ ।
सडक पार गर्ने क्रममा अटोरिक्साले ठक्कर दिँदा एक महिला घाइते भएकी छिन् । अटोरिक्साको ठक्करबाट साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाह घाइते हुनुभएको हो । घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताउनुभयो ।
मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सिरहाका रिंकु सदा हत्या प्रकरणमा अनुसन्धान गर्न गठित छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक गरेको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सिराहाको नवराजपुर गाउँपालिका –१ भगवतीपुरकी बलात्कृत भई मृत्यु भएकी रिङकु सदायको घटनामा संलग्न दोसीलाई कारवाही गरिछाड्ने बताउनुभएको छ ।
गोरखा नगरपालिका-१३ को रामशाहघाटदेखि नेपालको प्रसिद्ध मन्दिर मनकामना मन्दिर जाने सडक स्तरोन्नति सुरु भएको छ ।
जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जोगीथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहको मेसिन बिग्रिदा चारदिनदेखि विद्युत् उत्पादन बन्द छ ।
पर्सास्थित वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने सानो–सानो ८२ राउन्ड गोलस्ी (छर्रा)सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाली रेडियोका कार्यक्रम अब आफ्नो समय अनुसार सुन्न सकिने भएको छ। देश–विदेशमा रहेका नेपालीका लागि लोकप्रिय नेपाली रेडियो कार्यक्रम श्रोताको समयानुकूल नहुँदा, रेडियोबाट प्रसारित हुने महत्वपूर्ण सूचना सुन्न सकिने भएको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालय बदल्ने अभियान सुरु गर्न आग्रह गर्नु भएको छ ।
नेपाल शिक्षक महासङ्घ दाङले निवृत्तिभरण अध्यादेशलाई खारेजी गर्नुपर्ने र निवृत्तभरण सुविधा निरन्तर हुनुपर्नेसहित विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।
सुनसरीको कोशी गाउँपालिकामा स्थानीय तहको कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको कर सङ्कलन संयन्त्र र प्रकृतिको बारेमा रहेको अस्पष्टतालाई प्रष्ट पार्ने उद्देश्यका साथ कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद गरिएको हो ।
चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।