माझी समुदायको विशेष पर्व लदीपूजाका अवसरमा बागमती प्रदेश सरकारले फागुन २० गते बिदा दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरका
हिउँदमा पानी नपरेका कारणले हिउँदे बाली पूरै प्रभावित भएको छ । कालीकोटका प्रायः खेती हुने क्षेत्रमा सिँचाइको व्यवस्था छैन । सिँचाइ अभावका कारण यहाँका हिउँदे खेती सुक्न थालेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेका राम्रो कामको प्रचार नभएको बताउनुभएको छ । नेकपा एमाले कास्कीले पोखरामा शुक्रबार आयोजना गरेको अभिमुखीकरण का
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताउनुभएको छ ।
नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले सङ्घीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले शुक्रबार २२ बुँदे मागसहित शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार पदमराज जोशीलाई प्रदान गरिएको छ । क्यान्सर रोग र महिला हिंसाविरुद्व कलम चलाएवाफत २० हजार नगदसहित उक्त पुरस्कार पत्रकार जोशीलाई प्रदान गरिएको हो ।
डोल्पाको सदरमुकाम दुनैमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा घोडा दौड प्रतियोगिता ।
ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वाधीनताको सम्बन्धमा कुनै सम्झौता नहुने बताउनु भएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार नेपाली काङ्ग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा भएको ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’को उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो।
एकसाता लगाएर विद्युत गृहको मर्मत सकिएपछि मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ। मर्मतपछि शुक्रबारदेखि विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको छ।
चिकित्सकको सेवा सुविधा सम्बन्धमा सुरु भएको आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच सहमति भएको छ। आज भएको वार्तापछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नौ बुँदै सहमति भएको हो।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नयाँ सहर स्मार्ट सिटीको काम निरन्तर हुने बताउनुभएको छ । वीरेन्द्र विद्या मन्दिर टीकापुरको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
‘नो केबलकार’ अभियानकर्ताहरुले आफूहरुले पर्यावरण र आदिबासीको पहिचान जोगाउन माग राख्दा आफूहरुमाथि कुटपिट भएको गुनासो गर्नुभएको छ ।
नेपालगन्जको राँझास्थित नेपाली सेनाको बज्रदल गणको आयोजनामा ‘नेपाली सेना इम्प्यानल्ड स्कुल तेस्रो रनिङ शिल्ड प्रतियोगिता तथा सैनिक सामग्री प्रदर्शनी २०८१’ शुक्रबारबाट नेपालगन्जको राँझामा सुरु भएको छ ।
“हाम्रो पात्रो”ले आफ्नो प्रयोगकर्ताका लागि नयाँ सुविधा सहितको मेगा रिलिज लिएर आएको छ।