पालको कर्मचारी प्रशासनमा गुटबन्दीको स्थिति सिर्जना भएको सांसदहरुले बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ५ स्थित सानोपोखरामा घरको छतबाट लडेर एक जनाको मृत्युभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिडिया ब्रिफिङ सुरु गरेको छ । शुक्रबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यसबारे जानकारी दिनुभएको हो ।
प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता देवीध्वज बस्नेतको ४५ दिनको पुण्य तिथिको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले श्रद्धाञ्जली सभाको गरेको छ । उहाँको ९८ वर्षको उमेरमा निधन भएको थियो ।
नेकपा (एमाले) बाँकेले सङ्गठन विस्तारका लागि वडा केन्द्रित अभियान जरा अभियान सुरु गरेको छ । फागुन ६ र ७ गते बैजनाथको गाभरमा सम्पन्न दुई दिने जिल्ला कमिटीको बैठकको निर्णय अनुसार वडा हुँदै टोलसम्म जरा अभियान चलाइने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयो ।
अटोरिक्साको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिका–१३ पुरानो कालीमाटीस्थित निर्माणाधीन सडकमा रोलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गङ्गाजमुना गाउँपालिका–५ बस्ने ५५ वर्षीय साने गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बर्दिबासका चार हजारभन्दा बढी विद्यार्थीको मुटुको परीक्षण गरिएको छ। नेपाल हार्ट फाउण्डेसन महोत्तरीको आयोजनामा विशेषज्ञ चिकित्सकको टोलीले विद्यालयमै पुगेर बिहीबार विद्यार्थीको मुटु परीक्षण गरेको हो।
निजामति सेवा विधेयकमाथि छलफल गरी छिटो टुङ्गो लगाउन भन्दै उपसमिति गठन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामति सेवा विधेयकमाथि छलफल गर्न भन्दै नेपाली कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
एभरेष्ट बैँक लिमिटेडले पाँचथरमा शाखा विस्तार गरेको छ । यो बैँकको फिदिममा १३० औं शाखा हो । उक्त शाखाको उद्घाटन प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गर्नुभयो ।
बुटवलमा महिला भलिबल प्रतियोगिता शनिबारदेखि जिपी कोइराला महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीले १३ औं संस्करणको महिला भलिवल प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
फागुन १९ गतेदेखि नेपालगन्ज रङ्गशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि रङ्गशालाको मर्मतसम्भार र सरसफाइ गरेर तयार पारिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को संज्ञा दिनुभएको छ ।
सडक पार गर्ने क्रममा अटोरिक्साले ठक्कर दिँदा एक महिला घाइते भएकी छिन् । अटोरिक्साको ठक्करबाट साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाह घाइते हुनुभएको हो । घाइतेको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।