पर्यटन राजधानी पोखरामा नेपाली नयाँ वर्ष धूमधामसँग मनाउने तयारी सुरु भएको छ। अङ्ग्रेजी नयाँ वर्ष भव्य रुपमा महोत्सव गरी मनाइँदै आएको पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा नयाँ वर्ष २०८२ लाई विशेष तवरले मनाउन लािगएको हो।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेले अबको पार्टी निर्माणको अभियान युवा लक्षित हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) कास्कीले शुक्रबारदेखि थालेको तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उहाँले पार्टीमा युवालाई आकर्षण गर्ने कार्यक्रमलाई प्राथमकिता दिनुपर्ने बताउनुभएको हो ।
राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
सर्लाहीको गोडैता नगरपालिका–९, रोहुवास्थित गहुँ खेतमा शुक्रबार दिउँसो एक पुरुष मृत फेला पर्नुभएको छ । रौतहटको गढिमाई नगरपालिका –२, हथियौल घरभइ रोहुवामा रहेको ससुुरालीमा बसेर सागसब्जी बेच्दै आउनुुभएका ४५ वर्षीय शुद्धिलाल साह मृत फेला पर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले पहिचान र अधिकारका मुद्दालाई कहिल्यै पनि नछाडेको बताउनुभएको छ ।
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकमाथि भएको कुटपिटको विषयलाई लिएर यातायात व्यवसायीले गरेको यातायात बन्द फिर्ता भएको छ ।
विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घ चरणबद्ध आन्दोलन सुरु गरेको छ । महासङ्घले २०७५, २०७८ र २०८० मा सरकारसँग भएको सहमति कार्यान्वायन नभएको भन्दै आफ्ना विभिन्न मागसहितको ज्ञापनपत्र शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुमा बुझाएको हो ।
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ ।
ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले पुनः आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयले आग्रह गरेको हो ।
उद्योग तथा कर्पोरेट हाउसहरुमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले तदारुकता देखाउन जरुरी रहेको सांसदहरुले बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
सर्लाहीको पूर्वी बेल्टमा विद्युत आपूर्ति सहज बनाउने उद्देश्यले हरिपूर्वामा निर्माण गरिएको विद्युत सब स्टेसन सञ्चालनमा ल्याइएको छ ।
जापानका प्रत्येक छ जना नागरिकमध्ये एक जनासँग मात्र वैध राहदानी रहेको सरकारको पछिल्लो तथ्याङ्कले देखाएको छ । पछिल्लो दर राहदानी भएका अमेरिकीको आधाभन्दा निकै कम छ तर सन् १९९० को करिब पाँच प्रतिशतबाट बढेको छ ।
शिलान्यास भएको १२ वर्षपछि सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ ।