दाङमा ९२ प्रतिशत किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाएका छन् । जिल्लामा माघ २२ देखि फागुन ६ गतेसम्म चलेको खोप लगाउने अभियानका व्रmममा लक्ष्यको ९२ प्रतिशत अर्थात् ३६ हजार ५५९ जना किशोरीले एचपिभी खोप लगाएका हुन् ।
घाँस काट्ने क्रममा भिरबाट लडेर फागुन ४ गते सुर्नया गाउँपालिका–४, डबराली टाँककी २३ वर्षीय दीपा बोहोरा महराको मृत्यु भयो । सो दिन दिउँसो २ बजे सोही वडाको जयसिंया भिरबाट घाँस का
सल्यान जिल्ला अस्पतालमा कार्यरत करार सेवाका १७ जना स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहीन बनेका छन् । कर्णाली प्रदेश सरकारले आवश्यक बजेट नपठाउँदा उनीहरूले तलब पाएका छैनन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।
काठमाडौँ १० फागुनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भन्नुभयो “विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं ।”
सरसफाइ अभियान चलेको धनगढी उपमहानगरपालिकामा खुटिया नदी प्रदूषित बन्न थालेको छ । जथाभाबी फोहोर फाल्न निषेध गरिएको पालिकामा नदीमै फोहोर फालिएपछि प्रदूषित हुन थाले
अमेरिकी गृह सुरक्षा विभागले सबै देशको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । टीपीएस खारेज गरेपछि करिब आठ लाख ५० हजार आप्रवासीहरूको अब बिचल्ली हुने भएको छ । ट्रम्प प्रशासनले हाल कायम रहेका नेपाललगायत १७ देशका आप्रवासीहरूको टिपीएस खारेज गर्ने निर्णय गरेसँगै टिपीएस वाहकहरूको स्थिति नाजुक हुने भएको हो । उनीहरू अबको केही महिनापछि अवैध हुने भएका छन् ।
चालुु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा साढे १५ अर्ब रुपियाँ बराबरको विद्युुतीय गाडी आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि माघसम्म १५ अर्ब
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
पिठिउँ र हातमा झोला छन् र चाउरी परेको मुहारमा कमाइको लालसा । कहिले भोकभोकै त कहिले प्यासै बाजुराका सरी भण्डारीले धनगढी डुल्दै गरेको कैयौँ दिन भइसक्यो । स्वामीकार्तिक खापर
विगतमा आफूले दायर गरेको विभिन्न मुद्दामा विशेष अदालतबाट भएको फैसलाप्रति चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
माझी समुदायको विशेष पर्व लदीपूजाका अवसरमा बागमती प्रदेश सरकारले फागुन २० गते बिदा दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरका
हिउँदमा पानी नपरेका कारणले हिउँदे बाली पूरै प्रभावित भएको छ । कालीकोटका प्रायः खेती हुने क्षेत्रमा सिँचाइको व्यवस्था छैन । सिँचाइ अभावका कारण यहाँका हिउँदे खेती सुक्न थालेको छ ।