पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका निराशा हटाउन काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले बिहीवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले त्यस्तो धारणा राख्नुभएको हो ।
नेपालमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा आन्दोलन भएका थिए । आन्दोलनबाट परिवर्तन पनि भएको छ । हामीले आन्दोलनबाट राजतन्त्र फालेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि ल्यायौँ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिमा अन्तर्गतको दैनिक दिइने सेवा सुविधा कटौती गरेको छ ।
जङ्गली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले भालुलाई गोली हान्न पाउने विधेयक शुक्रबार पारित गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत कार्य सम्पन्न गरी पुलबाट सवारी साधन सञ्चालन गर्न थालिएको छ ।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीको अध्यक्षता शुक्रबार भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
युरोपेली आयोगले बिहीबार ड्रेसडेनमा नयाँ ‘इन्फिनोन सेमिकन्डक्टर’ उत्पादन कारखाना निर्माण गर्न ९० करोड यूरो रकम बराबरको जर्मन सहायतालाई अनुमोदन गरेको छ ।
सदरमुकाम रहेको बेंसीसहर नगरपालिका–८ क्याम्पस रोडमा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । तीन तले घरको छतबाट खस्दा ४ वर्षीय हमदान मियाको मृत्यु भएको हो ।
पछिल्लो समय स्याङ्जाको केही बङ्गुर फर्ममा महामारीको रुपमा अफ्रिकन स्वाइन फिवर रोग देखिएपछि जिल्लाका बंगुर पालक कृषकलाई सतर्क बनाइएको छ ।
जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दोस्रो स्थानमा परेको छ ।
एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । बैंकको १३१ औं शाखाका रुपमा फुङ्लिङ शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
इजरायलले गाजाबाट फर्काइएका चार बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएको शुक्रबार बताएको छ । इजरायली सेनाले शिरीका दुई छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शव प्राप्त नभएको बताएको हो ।
गुल्मीको सदरमुकाम तम्घासमा किरियापुत्री भवन निर्माण गरिएको छ ।
चोरी गरी घरमा आगो लगाउने गोरखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका – १० का ३६ वर्षीय मञ्जील मग्रती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।