राष्ट्रपति रामचन्द्र पौडेलले सबै धर्म सम्प्रदायको लक्ष्य भनेको मानव सेवा नै रहेको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही फागुन २० मा मनाउन लागिएको उक्त पर्वमा माझी समुदायका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
नवलपुरको देवचुली ११ दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताउनुभएको छ ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार बिहानै एउटा मिनिभ्यान एक नहरमा खस्दा आठ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका नगरप्रमुख धनराज आचार्य बिहीबारबाट आइसोलेसनमा बस्नुभएको छ । फागुन ३ गते पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा घाइते हुनुभएकोमा आचार्य चिकित्सको सल्लाहमा आइसोलेसनमा बस्नु भएको हो ।
सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलालीका भोजराज ढुङ्गाना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
विदेशमा रहेको दोस्रो पुस्ताका नेपालीलाई मुलुकसँग जोड्ने र कलासंस्कृतिलाई बचाउने अभियानका रूपमा ‘मेरो भ्वाइस र मेरो डान्स युनिभर्स’ आयोजना हुने भएको छ । यसको पुरस्कार राशि एक करोड रुपियाँ रहेको छ । अस्ट्रेलिया छनोट यही आइतबार सिडनीको ग्रानभिलस्थित रातो घरमा आयोजना हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारको 'मेरो विद्यालय, मेरो दायित्व' कार्यक्रम सुरु नहुँदै दाङको एक विद्याललय अस्विकार गरेको छ ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउने भएको छ । महानगरका लागि कुल ३२ हजार आठ सय ५१ वर्गमिटर ढुङ्गा विछ््याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ ।
गुल्मीमा लक्षित समूहका बालबालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ९९ दशमलव ७१ प्रतिशतले लगाएका छन् ।
पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको (एच.पि.भि.)खोप लगाइएको छ ।
दक्षिण कोरियाको संवैधानिक अदालतले फेब्रुअरी २५ मा राष्ट्रपति युन सुक–योलको महाभियोग मुद्दाको ११ औं र अन्तिम सुनुवाइ गर्ने भएको छ ।
प्रविधिको माध्यमबाट घर नम्बरिङ् तथा सडक नामकरणलाई व्यवस्थित गर्न इन्टरनेट बेसमा आधारित ‘डिम्याप्स पोर्टल प्रणाली’ जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्रीले हामीले पढिरहेको शिक्षाले युवामा सकारात्मक चेतना, हातमा सीप र श्रमको सम्मान गर्ने संस्कारको विकास नगरेसम्म नेपालमा उद्यमशीलताको विकास नहुने बताउनुभएको छ ।