पोखरास्थित घार्मीका आमाहरूले आन्तरिक पर्यटन प्रवर्धन गर्न छिमेकी जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूको अवलोकनलाई प्राथमिकतामा राखेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ ।
हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख हुनुहुन्छ । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उहाँले फेरि संसार देख्न पाउनुभएको हो ।
नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घबीच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ ।
नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।
जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण शुरू भएको छ ।
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ ।
युवाको पहुँच, पहिचान र प्रतिनिधित्व सुनिश्चितको मागसहित आयोजित जिल्लास्तरीय तेस्रो युवा भेलाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेको छ ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको मुख्य सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । स्थानीयको अवरोधका कारण मुख्य बजारको सडक जीर्ण बन्दै गएको हो ।
बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो ।
प्राकृतिक सम्पदा मानिसका निम्ति वरदान हुन् ।
अमरराज नहर्कीतनहुँ, फागुन ९ गते । विस्तारको क्रममा रहेको मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्ड आंशिक रूपमा बन्द गर्न थालिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरास्थित सडक निर्माणको कार्यलाई तीव्रता दिनको लागि बन्द गरिएको पूर्वी खण्डका प्रमुख इन्जिनियर प्रकाशचन्द्र भण्डारीले जानकारी दिनुभयो । विमलनगर बजार देखी नयाँ पुलसम्म करिब ५०० मिटर सडक खण्ड शुक्रवारबाट एक महिनासम्म आंशिक रूपमा बन्द गर्न थालिएको छ । चैत ९ गतेसम्म आवश्यकता अनुसार समय–समयमा ४५ मिनेट देखि १ घण्टा सम्मका लागि उक्त खण्ड बन्द गरिने मुग्लिङ–पोखरा सडक योजनाको पूर्वी खण्डले बिहीबार सूचना प्रकाशित गरी जानकारी दिएको छ ।यसरी आंशिक रूपमा सडक बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलहरूले वैकल्पिक मार्ग गोरखाको पालुङटार नगरपालिकामा पर्ने [बिमलनगर–मर्स्याङ्दी पुल–कुमाल गाउँ–नयाँ पुल पुल] को प्रयोग गर्न सूचित गरिएको छ । ठुला सवारी साधनहरूले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन, सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ओभरटेक नगर्नु तथा निर्माण स्थलमा फ्ल्यागम्यान, साइनबोर्ड, ट्राफिक प्रहरी लगायतको निर्देशन पालना गर्नु आयोजनाले सूचित गरेको छ । आकस्मिक अवस्थामा अत्यावश्यक सवारी साधनहरूलाई विशेष व्यवस्था गरी सवारी आवागमन सहज गराइने विज्ञप्तिमा जनाइएको छ ।
दुई वर्षअघि स्वास्थ्य मन्त्रालयले आफ्नो मूल ढोकामै एउटा कृत्रिम फोक्सोको प्रतिमा टाँगेको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
नेपालको सबैभन्दा जेठो विश्वविद्यालय त्रिवि दलीय भागबन्डाको सिकार भएर कठिन अवस्थामा पुगेका कुराले बौद्धिक व्यक्तिका मनमा गम्भीर चिन्ता र चासो पैदा भएको छ ।