लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्रीले हामीले पढिरहेको शिक्षाले युवामा सकारात्मक चेतना, हातमा सीप र श्रमको सम्मान गर्ने संस्कारको विकास नगरेसम्म नेपालमा उद्यमशीलताको विकास नहुने बताउनुभएको छ ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि जापानी राजदूत तोरु मायदाले शिष्टाचार भेट गर्नुभएको छ । सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद, बेपत्ता र घाइतेका परिवारको पार्टीले उचित मूल्याङ्कन गर्ने बताउनुभएको छ ।
चिनियाँ इकोलोजी तथा वातावरण मन्त्रालय र अन्य सरकारी निकायहरूद्वारा जारी दिशानिर्देशअनुसार चीनले हरित, सुन्दर चीन निर्माण गर्ने प्रयासको रूपमा पर्यावरण तथा वातावरण क्षेत्रमा वैज्ञानिक र प्राविधिक आविष्कारहरूलाई बलियो बनाउने वाचा गरेको छ ।
मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले महाशिवरात्री भव्य रुपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ ।
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ३३ वर्षदेखि क्रियाशील कम्प्युटर एसाेसिएसन नेपाल (क्यान) महासङ्घले ‘नेसनल आइसिटी स्कलरसिप– २०८१’ का लागि आवेदन खुला गरेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल वितरण सुरु गरेको छ ।
माझी समुदायको विशेष पर्व लदी पूजाका अवसरमा बागमती प्रदेश सरकारले यही फागुन २० गते बिदा दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौँडामा शुक्रबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले माझी समुदायको विशेष पर्व लदि पूजाका अवसरमा बिदा दिने निर्णय गरेको हो ।
प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारी नेपाललाई तत्काल सनातन हिन्दु राष्ट्र घोषणा गरिनु अपरिहार्य भएको बताउनु भएको छ ।
गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलाको रु एक लाख ७० हजार कायम भएको छ ।
तनहुँ, फागुन ९ गते । तनहुँको भानु नगरपालिका–९ चितिखोलामा निर्माण गरिएको घुमाउने घर । पछिल्लो समयमा आधुनिक घर बन्न थालेपछि मौलिक परम्परागत घुमाउने घर लोप हुँदै गएको छ । तस्बिरः रासस
म्याग्दी, फागुन ९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य । लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमालहरु हिउँ भरिएर सुन्दर देखिएका छन् । तस्बिरः रासस