• १० फागुन २०८१, शनिबार

नेपालमा बोलिने भाषा जोगाउन आवश्यकः पर्यटनमन्त्री पाण्डे

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे शुक्रबार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भाषाहरु नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताउनुभयो ।

मन्त्री पाण्डेले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवर्द्धन गर्नु रहेको बताउनुभयो । उहाँले भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरुको अभिभावकत्व लिएर भाषाको संरक्षण र प्रवर्धन गर्न जरुरी रहेको जानकारी दिनुभयो । उहाँले सङ्घीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानुन मन्त्रालयमा पुगेको उल्लेख गर्नुभयो । 

मन्त्री पण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताउनुभयो ।