• १० फागुन २०८१, शनिबार

फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाइ

blog

दक्षिण कोरिया, फागुन ९ गते । दक्षिण कोरियाको संवैधानिक अदालतले फेब्रुअरी २५ मा राष्ट्रपति युन सुक–योलको महाभियोग मुद्दाको ११ औं र अन्तिम सुनुवाइ गर्ने भएको छ ।

अदालतका कार्यवाहक प्रधानन्यायाधीशले बिहीबार १० औं सुनुवाइको क्रममा अर्को सुनुवाइ फेब्रुअरी २५ मा हुने बताएका छन् । युनका वकिलले महाभियोग लगाइएका राष्ट्रपतिले महाभियोग लगाइएका प्रधानमन्त्री हान डक–सूलाई अदालतमा बयान दिएको हेर्नु अनुपयुक्त हुने बताए ।

राष्ट्रिय गुप्तचर सेवाका पूर्व प्रथम उपनिर्देशक होङ जाङ–वन र राष्ट्रिय प्रहरी एजेन्सीका आयुक्त जनरल चो जी–होको बयानको क्रममा युन अदालतमा पुनः उपस्थित हुनुभएको थियो ।

संवैधानिक अदालतमा आउनुअघि युनले विद्रोहको नेतृत्व गरेको आरोपमा आफ्नो फौजदारी मुद्दाको पहिलो तयारी सुनुवाइमा भाग लिनुभएको थियो । युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयमा पक्राउ गरिएको थियो र जनवरी २६ मा विद्रोहको आरोपमा हिरासतमा राखिएको थियो । 

युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो । युनमाथि महाभियोग लगाउने प्रस्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाबाट पारित भएको थियो र १८० दिनसम्म विचारविमर्श गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा उनको राष्ट्रपति पद निलम्बित हुन्छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल